सुजल फूड्सद्धारा ‘चोकोफन बाल-बाटिका’ उद्घाटन, बालबालिकालाई खुशी र मुस्कान बाँड्ने

<p>काठमाडौं । सुजल फूड्स प्रा.लिले बाल संरक्षण गृह काठमाडौंको सिफलमा एक समारोहकाबीच “चोकोफनबाल–बाटिका” नामक खेल मैदान उद्घाटन गरेको छ । यस “चोकोफनबाल-बाटिका” द्धारा यस कम्पनीकोबाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने कम्पनीले जनाएको छ । “चोकोफनबाल-बाटिका”बाल संरक्षण गृहहाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी-च्याउ र पिङ् खेल मैदानमा [&hellip;]</p>

काठमाडौं । सुजल फूड्स प्रा.लिले बाल संरक्षण गृह काठमाडौंको सिफलमा एक समारोहकाबीच “चोकोफनबाल–बाटिका” नामक खेल मैदान उद्घाटन गरेको छ । यस “चोकोफनबाल-बाटिका” द्धारा यस कम्पनीकोबाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने कम्पनीले जनाएको छ ।

“चोकोफनबाल-बाटिका”बाल संरक्षण गृहहाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी-च्याउ र पिङ् खेल मैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल-बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ ।

खेल मैदानमा बाल-बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनिबाल-बालिकाहरुको सुरक्षा मैत्रीहोस् भनेर विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ । खेलकुद बाल-बालिकाहरुको शारिरिक तथा मानसिक विकासको लागि अपरिहार्य छ । यस खेल मैदानबाट बाल संरक्षण गृहमा आश्रित बाल-बालिकाहरुले सिधै लाभ लिनुका साथै उनीहरुको विकासमा फाइदा जनक हुन्छ भनेर विश्वास गर्न सकिन्छ ।

चोकोफनबाल-बालिकाहरु माझ सबैभन्दा लोकप्रिय छ । यसर्थ, चोकोफनको संस्थागत सामाजिक उत्तरदायित्व बाल-बालिकाहरुको विकासप्रति केन्द्रित छ । कम्पनीले  निकट भविष्यमा यस्तो खेलमैदानको निर्माण बालमन्दिरका अन्य शाखामा पनि विस्तार गर्ने लक्ष्य लिएका छ । साथै , कम्पनीले गर्ने सामाजिक कार्यहरु दीर्घकालीन र स्थायी हुनुपर्छ भन्ने विश्वास लिएको छ ।

त्यसैगरी, कम्पनीले  हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वबालबालिका सम्बन्धित क्षेत्रहरु जस्तै बाल-शिक्षा, बाल-स्वास्थ्य, बाल-पोषण र वातावरणमा पनि विस्तार गर्ने लक्ष्य लिएको बताएको छ ।

सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनले वर्षौ देखि नेपालीहरुको मन जित्दै आएको छ । यसलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याइएको हो । लक्ष्मी ग्रुप अन्तर्गतको भातृ संस्था सुजल फू्ड्सले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएकोले यस कम्पनि देशकै नं. १ कन्फेक्स्नरी कम्पनी बन्न सफल भएको छ ।

यस कम्पनीले अन्तराष्ट्रिय स्तरको वेफर, टफी, बबलगम्तथा स्टिक गम्उत्पादन गर्दै आएको छ । यस कम्पनीको स्वामित्वमा रहेको प्रतिष्ठित ब्राण्डहरुः चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदिले लाखौंको मन जित्दै आएको कम्पनीले जनाएको छ ।

Share News