
काठमाडौं । मिदिमखोला साना जलविद्युत आयोजनाको प्रवद्र्धक युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको युनियनका अध्यक्ष किरण मल्लले बताए ।
उनका अनुसार युनियनले ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।
बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्ने उनले जानकारी दिए ।
हाल कम्पनीले ३ मेगाावटको आयोजना निर्माण गरिरहेको छ । आउदो १ महिनामा आयोजनाबाट बिजुली उत्पादन हुने मल्लले बताए ।