
सुन्दरी जलमा निर्माण भएको पानी प्रसोधन केन्द्र ।
काठमाडौं । अाउदाे चैतमा मेलम्चीको पानी काठमाडौं बासिका धारामा आउने भएको छ । मेलम्ची खानेपानी आयोजना बिकाश समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले चैतमा मेलम्चीको पानी आउने बताएका हुन् ।
संसदकाे बिकाश समितिको बिहीबारकाे बैठकमा देवकोटाले चैतमा मेलम्चीको पानी आउने बताएका हुन् ।
उनले मेलम्चीको सुरुङ्ग खन्न अब डेढ किलोमीटर मात्रै बाकी रहेको जानकारी दिए । सो सुरुङ्ग मध्य पुसमा सकिने उनले बताए । हाल सुन्दरीजलमा पानी प्रसोधन केन्द्र निर्माण सम्पन्न भैसकेको छ । प्रशाेधन केन्द्रमा बागमती नदिको पानी हालेर प्रेसर जाच्ने काम अघि बढेको पनि जानकारी दिए ।
यसअघि यही महिनाभित्र नै मेलम्चीको पानी राजधानी ल्याउने तयारी गरेपनि विभिन्न कारणले गर्दा पुनः ६ महिनापछि धकेलिएको छ । मेलम्चीबाट थप १७ करोड लिटर पानी राजधानीमा आउने छ । यस्तै याङरी र लार्केखोलाबाट थप १७ करोड लिटर पानी ल्याउनका लागि संभाव्यता अध्ययन सुरु भएको समितिले जनाएको छ । नयाँ आयोजनामा एसियाली विकास बैंक (एडीबी) ले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।