काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको आगामी असोज २७ गतेदेखि कात्तिक २४ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । कम्पनीले आफ्नो वार्षिक साधारणसभा प्रयोजनको लागि शुक्रबार देखि २९ दिन बुक क्लोज गर्न लागेको हो ।
यस कम्पनी आगामी कात्तिक २४ गते कम्पनीको २१औं वार्षिक साधारणसभामा जाँदै छ ।
सभामा कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लभांश दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ ।