
काठमाडौं । नेपाल इन्भेटर्स फोरमले स्थानिय निकायबाट सहज रुपमा सेयर कारोबारको वातावरण मिलाउन माग गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई बुधबार भेटी यस्तो माग गरेको हो । फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको फोरमको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स प्रदान गरी स्थानिय निकायमा कार्य क्षेत्र विस्तार गर्नका लागि सुझाएको हो ।
यस्तै निर्धारित समयमा सेयरको अनलाइन कारोबार लागु गर्न माग गरेको फोरमले जनाएको छ । यस्तै अक्सन तथा हकप्रद सेयरलाई तत्काल आस्व प्रणालीमा आवद्ध गरी सबैले सहज रुपमा लगानीको वातावरण मिलाउन भनेको छ । बजार निर्माता र सेयर डिलरसिपको काम तत्काल अगाडी बढाउन सीईओ साउदको ध्यानकर्षण गरेको छ ।