काठमाडौं । आईएमईका सेवाग्राही थानेश्वर न्यौपानेले आईएमई छक्का-पञ्जा’ अफर अन्तर्गत १० लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।
त्यस्तै तेस्रो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा युएई स्थित अल–अहलियाबाट नेपालमा पैसा पठाउने गौतम भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता गौतम वा नीजले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छलाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।
मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस सेवाग्राहीमूखी कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिने आईएमईले जनाएको छ ।