काठमाडौं । कतार एयरवेजले पूर्वी युरोप र नर्डिकका मूलुकहरुमा आफ्नो सेवा दोब्बर बनाएको छ । यो एयरलाइन्सले प्राग, बार्सा र हेल्सिंकीमा जाने यात्रुको संख्या बढेपछि नयाँ तालिका सार्वजनिक गर्दै कतार एयरवेजले सेवा बढाएको हो ।

यो एयरलाइनले आगामी पुस (डिसेम्बरको मध्यदेखि) देखि नयाँ एयरबस ए३२०बाट प्रत्येक रुटमा अतिरिक्त दैनिक उडानको पनि व्यवस्था गरेको व्यवस्था गर्ने भएको छ । यो एयरबसमा थप १३२ वटा सिटको पनि व्यवस्था गरिएको छ । प्राग, चेक गणतन्त्र, हेलसिंकी, फिनल्याण्ड, वार्सा र पोल्याण्डमा प्रत्यक्ष सेवा सुरु गरेको आठ हप्तापछि सेवा विस्तार गरिएको कम्पनीले जानकारी दिएको छ ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बकरले भने, ‘कतार एयरवेजले यात्रुलाई दोब्बर सुविधा दिन पाएकोमा खुसी छ। यसले हाम्रो कारोबार र यात्रु दुवैलाई मौका दिनेछ । ‘
यो एयरलाइनले हेलसिंकीसम्मको सेवाको विस्तार सोही रुटको वार्षिकोत्सवको अवसरमा सुरु गरेको थियो । अब यसले हेलसिंकी अन्तराष्ट्रिय विमानस्थलदेखि नर्डिक अन्तर्गतका मुलुकका शहरहरु ओस्लो, कोपेनह्यागेन, स्टकहोम र हेलसिंकीमा प्रत्येक साता ९८ ठाँउमा उडान सेवा दिनेछ ।
नयाँ तालिका
दोहा-प्राग
क्यु आर २८९ – सोमबार, बुधबार र आइतबार: २.३० देखि ६.५५ बजेसम्म
क्यु आर २९१ – मंगलबार, विहीबार र शनिबार: ८.०० देखि १२.२५ बजेसम्म
प्राग-दोहा
क्यु आर २९० – मंगलबार, बुधबार, शुक्रबार र आइतबार: ८.२५ देखि ४.२५ सम्म
क्यु आर २९२ – मंगलबार, विहीबार र शनिबार: ४.१० देखि ००.१० सम्म
दोहा-बार्सा
दैनिक
क्यु आर २६१ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय ८ बजे
क्यु आर २६२ बार्साबाट छुट्ने समय २१.१० पुग्ने समय ४.५० प्लस १
दोहा- हेलसिंकी
दैनिक
क्यु आर ३०७ दोहाबाट छुट्ने समय ४ बजे पुग्ने समय २१.४५
क्यु आर ३०८ हेलसिंकीबाट छुट्ने समय २२.५५ बजे पुग्ने समय ०६.१५ प्लस १