दाङको राप्ती खोला बगरमा बल्यो ग्याँस

<p>&nbsp; काठमाडौं । दाङ जिल्लास्थित राप्तीको बगरमा ग्यास फेला परेको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार गडवा गाउँपालिकामा पर्ने राप्ती नदिको बगरमा ग्यास निस्केको हो । ‘राप्ती नदिको बगरमा ग्यास निस्केको पुष्टि भएको छ, त्यो ग्यास बलिरहेको पनि छ, अब थप अध्ययन गर्दैछौं’, रजौरेले भने । राप्ती नदिको बगरमा ग्यास निस्केर बलिरहेको [&hellip;]</p>

 

काठमाडौं । दाङ जिल्लास्थित राप्तीको बगरमा ग्यास फेला परेको छ ।

पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधिर रजौरेका अनुसार गडवा गाउँपालिकामा पर्ने राप्ती नदिको बगरमा ग्यास निस्केको हो । ‘राप्ती नदिको बगरमा ग्यास निस्केको पुष्टि भएको छ, त्यो ग्यास बलिरहेको पनि छ, अब थप अध्ययन गर्दैछौं’, रजौरेले भने ।

राप्ती नदिको बगरमा ग्यास निस्केर बलिरहेको छ । सो ग्यास प्राकृतिक हो वा पेट्रोलियम हो भन्नेबारे थप अध्ययन हुने पनि उनले जानकारी दिए । ‘हामी आफैंले बगरमा ग्यास निस्केर बलेको पुष्टि गरेका छौं, त्यो प्राकृतिक हो वा पेट्रोलियम हो भन्न एकिन गर्न तिहार लगत्तै प्राबिधिक टोली पठाउँछौं’, रजौरेले भने ।

मिथेन ग्यासलाई प्राकृतिक ग्यास भनिन्छ जुन काठमाडौंको टेकु र ललितपुरको इमाडोलमा फेला परेको छ । यस्तो ग्यास पाइप लाइनबाट घर घरमा लगेर उपयोग गर्न सकिन्छ । दैलेखमा फेला परेको ग्यास भने पेट्रोलियम ग्यास हो । यस्तो ग्यसलाई उत्खननद्धारा सिलिण्डरमा भरेर उपयोग गर्न सकिन्छ ।

तराईका बिभिन्न क्षेत्रमा ब्लकहरु बनाएर सरकारले पेट्रोलियम पदार्थहरुको अन्वेषण तथा उत्खनन प्रक्रिया अघि बढाउन लागेको छ । १० वटा ब्लकको उत्खननका लागि ग्लोबल टेण्डर आव्हान गर्नै लाग्दा दाङमा ग्यास निस्केर बलेको हो । यसले पेट्रोलियम ग्यासको उत्खननका लागि आव्हान गरिने ग्लोबल टेण्डरमा सघाउ पुर्याउनेछ ।

Share News