डाबर रेड जेल अब नेपाली बजारमा, तीन साइजमा पाइने

<p>काठमाडौं । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीले जनाएको छ । डाबर नेपालका माकेर्टिङ हेड अभयप्रसाद गोर्खालीका अनुसार डाबर रेड जेल [&hellip;]</p>

काठमाडौं । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा ल्याएको छ । डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्ने कम्पनीले जनाएको छ ।

डाबर नेपालका माकेर्टिङ हेड अभयप्रसाद गोर्खालीका अनुसार डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा उपभोक्ताहरूलाई प्रदान गर्छ । साथै, ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रभावकारी रूपले प्रदान गर्ने गोर्खालीले बताए ।

बजारमा यो उत्पादन हाल ३ साइजमा पाइन्छन् । बजारमा १५० ग्रामलाई एक सय रुपैयाँ, ८० ग्रामकोलाई ६० रुपैयाँ तथा २५ ग्रामलाई २४ रुपैयाँमा पर्ने डाबर नेपालले जनाएको छ ।

डाबर नेपालले प्राकृतिक तत्वहरुबाट बनेका उत्पादनहरु प्रस्तुत गरी गुणस्तरीय सुविधा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।

Share News