कमोडिटी बजारलाई नियमन गर्ने धितोपत्र बोर्डको तयारी, वस्तु तथा विनिमय बजार नियमावली मंसिरदेखि लागु हुने

<p>काठमाडौं । धितोपत्र बोर्डले कमोडिटी बजारलाई नियमन गर्न आवश्यक नियमावली कात्तिकभित्र ल्याउने भएको छ । बोर्डले हाल वस्तु तथा विनिमय बजार सम्बन्धित नियमावलीको मस्र्यौदा तयार पारेको छ । मस्यौदा सरोकारवालासंग छलफल गरेपछि आउदो मंसिरसम्म नियमावली लागु गर्ने तयारी भएको बोर्डका कानून प्रमुख मुक्ति श्रेष्ठले बताए । नियमावली आएपछि बजार नियमन सुरु हुने उनको भनाई छ [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डले कमोडिटी बजारलाई नियमन गर्न आवश्यक नियमावली कात्तिकभित्र ल्याउने भएको छ । बोर्डले हाल वस्तु तथा विनिमय बजार सम्बन्धित नियमावलीको मस्र्यौदा तयार पारेको छ ।

मस्यौदा सरोकारवालासंग छलफल गरेपछि आउदो मंसिरसम्म नियमावली लागु गर्ने तयारी भएको बोर्डका कानून प्रमुख मुक्ति श्रेष्ठले बताए । नियमावली आएपछि बजार नियमन सुरु हुने उनको भनाई छ ।

वस्तु विनियम बजारमा काम गर्ने संस्था विवादित बनेपछि सरकारले यस सम्वान्धित कानून बनाएको हो । व्यवस्थापिका संसदले विद्ययेक पारित गरेपछि कार्यन्वयनका लागि बोर्डले नियमावली बनाउन लागेको हो ।

हाल आधा दर्जन कम्पनीहरुले वस्तु विनिमय बजारको स्पट र फिचर्स ट्रेडिङ कारोबार गरिरहेको बोर्डले जनाएको छ । कम्पनी आधा दर्जन देखिए पनि कम्पनी रजिष्टारको कार्यलयमा एक दर्जन बढी कम्पनीले वस्तु विनियम बजारको काम गर्न अनुमति लिएको पाइएको श्रेष्ठले जानकारी दिए ।

नियमावली लागु भएपछि एक्सचेन्ज कम्पनीले बोर्डमा दता गर्नुपर्ने छ । नियमावली आएपछि पुरै प्रणालीको परीक्षण हुने भएकाले पहिलाको जस्तो समस्या नआउने उनको भनाई छ । वस्तु विनिमय बजार कारोबार गर्ने कम्पनीलाई तत्काल साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाउदैनन् । यस क्षेत्रको नियमन बोर्डले गर्ने छ ।

नेपालमा वस्तु विनिमय बजारको कारोबार सुरु भएको एक दशक पुरा भएको छ । २०६३ मंसिरमा कमोडिटी एन्ड मेटल एक्सचेन्ज नेपाल लिमिटेड (कोमेन) को स्थापना भएको हो ।

कोमेनका साथै मर्कन्टाइल एक्सचेन्ज, नेपाल डेरिभेटिभ एन्ड कमोडिटी फिचर्स एक्सचेन्ज, वेल्थ एक्सचेन्ज रहेका छन् । अन्य कम्पनी पनि आउने तयारीमा छन् । विभिन्न खाद्य वस्तु, पेट्रोलियम र सुनलगायत अन्य वस्तुको पनि स्पट र फिचर्स कारोबार गर्दे आएका छन् ।

 

Share News