सानिमा बैंकको नयाँ शाखा गौशालामा

<p>काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन असोज २५ गते सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा काठमाडौंको गौशालामा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन असोज २५ गते सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धक कलाकर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् ।

उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि बैैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताएका छन् । त्यसयैगरी बैंकका सिईओ भुवन दाहालले यस गौशाला शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैंकले यस शाखा सहित हाल सम्म ४७ वटा शाखा सञ्जाल तथा ५३ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

Share News