मेस्सीले देखाए चमत्कार, अर्जेन्टिनाले इक्वेडरलाई पराजित गर्याे, विश्वकप खेल्ने

<p>काठमाडौं । इक्वेडरलाई पराजित गर्दे अर्जेन्टिनाले रूसमा हुने विश्वकप खेल्ने संभावना जिवितै राखेको छ । । बुधबार विहान घरेलु मैदानमा भएको खेलामा अर्जेन्टिनाले इक्वेडरलाई ३-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हयाट्रिक गरेका छन् । खेलको सुरु भएको ३ मिनेटमै इक्वेडरले अग्रता लिएको थियो । इक्वेडरका रोमारियो इब्राले पहिलाे गाेल गरेका [&hellip;]</p>

काठमाडौं । इक्वेडरलाई पराजित गर्दे अर्जेन्टिनाले रूसमा हुने विश्वकप खेल्ने संभावना जिवितै राखेको छ । ।

बुधबार विहान घरेलु मैदानमा भएको खेलामा अर्जेन्टिनाले इक्वेडरलाई ३-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हयाट्रिक गरेका छन् ।

खेलको सुरु भएको ३ मिनेटमै इक्वेडरले अग्रता लिएको थियो । इक्वेडरका रोमारियो इब्राले पहिलाे गाेल गरेका िथए ।

१२ मिनेट नहुदै अर्जेन्टिनाको कप्तान मेसीले गोल फर्काएर खेललाई बरारबरीमा ल्याएका थिए । त्यसपछि लगातार २० औ र ५८ औं मिनेटमा मेसीले हयाट्रिक गरेर अर्जेन्टिनालाई जित दिलाए ।

जितसँगै अर्जेन्टिनाले १८ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना शिर्ष स्थानको ब्राजिलभन्दा १३ र दोस्रो स्थानको उरुग्वेभन्दा ३ अंकले पछि छ । १० राष्ट्र रहेको यो क्षेत्रबाट शिर्ष ४ टोलीले विश्वकप यात्रा तय गर्ने छन् । इक्वेटरको विश्वकप खेल्न नपाउने भएको छ । पाँचौ हुनेले प्ले अफ खेल्न पाउने छ ।

Share News