
काठमाडौं । निजी क्षेत्रको समिट एयरले नयाँ विमान ल्याएको छ ।
१८ यात्रु क्षमता भएको एल ४१० युभीपीइ २० नामक विमान मंगलबार दिउसो सवा १ वजे नयाँ दिल्लीबाट काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको समिटले जनाएको छ ।
अल्जेरियाका क्याप्टेन स्टेफिन जोलीले उडाएर ल्याएका हुन् । विमानमा नयाँ प्रविधि एभोनिक्स प्रविधि रहेको छ । यस्तो प्रविधि भएको नेपालमा यो पहिलो विमान भएको कम्पनीले जनाएको छ ।
नागरिक उडड्यनको प्रक्रिया पुर्यारपछि सञ्चालनमा ल्याउने भएको छ । समिटस्रग ४ जाहाज पुगेको छ । जहाजले पुर्व, मध्य र पश्चिम नेपालका विभिन्न सहरमा उडान भर्ने छ ।