नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा सम्मानित, उत्कृष्ट व्यवस्थापन गर्न सफल

<p>काठमाडौं । नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा कुशल व्यवस्थापन प्रणालीको लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको छ । उक्त सम्मान युनाईटेड रजिस्ट्रार अफ सिस्टम्स, यूकेद्धारा सेप्टेम्बर २१, २०१७मा प्रदान गरिएको हो । आईएसओ ९००१को नबिन संस्करण आईएसओ ९००१ः२०१५ अन्तर्गत उत्कृष्ट व्यवस्थापनका सात सिद्धान्तहरुको आधारमा मुल्याङ्कन हुने जस अन्तर्गत व्यवस्थापनको ग्राहक प्रतिबद्धता, नेत्रित्व क्षमता, [&hellip;]</p>

काठमाडौं । नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा कुशल व्यवस्थापन प्रणालीको लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको छ । उक्त सम्मान युनाईटेड रजिस्ट्रार अफ सिस्टम्स, यूकेद्धारा सेप्टेम्बर २१, २०१७मा प्रदान गरिएको हो ।

आईएसओ ९००१को नबिन संस्करण आईएसओ ९००१ः२०१५ अन्तर्गत उत्कृष्ट व्यवस्थापनका सात सिद्धान्तहरुको आधारमा मुल्याङ्कन हुने जस अन्तर्गत व्यवस्थापनको ग्राहक प्रतिबद्धता, नेत्रित्व क्षमता, जनसहभागिता, पहुचको प्रकृया, सुधार, प्रामाणिक आधारको निर्णय प्रकृया तथा कुशल सम्बन्ध व्यवस्थापनका पक्षमा बैंक सफल भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने “यस सम्मानलाई बैंकको ब्यबस्थापन अभ्यास तथा प्रकृयामा हामीले क्रमिक रुपमा गरेको सुधार तथा विवेकशिल ब्यबस्थापन अनुपालन संस्कृतीलाई निरन्तर रुपमा पालना गरेको प्रतिफलका रुपमा लिएका छौ ।”

यस बैंकले हालै मात्र नेपालमा नै प्रथम पटक सुरक्षित वातावरणमा(थ्रीडी सेक्योर इन्भाईरोमेन्ट) विद्युतिय व्यापार कारोबारहरुमा सहजिकरण गर्न नबिल विद्युतिय भुक्तानि प्रणाली(नबिल इलोक्ट्रेनिक पेमेन्ट गेटवे)को शुरुवात गरेको छ ।

 

Share News