आइपीओ निष्काशन गर्ने युनियन, ज्योति र आईएमई लाइफ इन्स्योरेन्सको तयारी, धितोपत्र बोर्ड भन्छ-मिल्दैन

<p>काठमाडौं । भर्खरै लाइसेन्स पाएर कारोबार आरम्भ गरेका युनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी अघि बढाएका छन् । यी तीन वटै कम्पनीले आइपीओ निष्काशनका लागि बीमा समितिमा लबिङ थालेका हुन् । युनियन लाइफले त आइपीओ निष्काशनका लागि अनुमति माग्दै निवेदन नै दिईसकेको छ । ‘युनियन, ज्योति [&hellip;]</p>

काठमाडौं । भर्खरै लाइसेन्स पाएर कारोबार आरम्भ गरेका युनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी अघि बढाएका छन् । यी तीन वटै कम्पनीले आइपीओ निष्काशनका लागि बीमा समितिमा लबिङ थालेका हुन् । युनियन लाइफले त आइपीओ निष्काशनका लागि अनुमति माग्दै निवेदन नै दिईसकेको छ । ‘युनियन, ज्योति र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको बाटो खोलिदिन अनुरोध गरिरहेका छन्, युनियनले त निवेदन नै दर्ता गराएको छ’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनको वित्तिय विवरण स्विकृत गराएको छ भने ज्योति लाइफले पनि १० दिनको वित्तिय विवरण पेश गरेको छ ।‘युनियन लाइफको वित्तिय विवरण स्विकृति भैसकेको छ, ज्योति लाइफको विवरणमा चित्त नबुझेपछि ७ दिने प्रष्टिकरण सोधेका छौं, आईएमईले भने वित्तिय विवरण बुझाएको छैन’, बीमा समितिका उप निर्देशक दिनेश कुमार लालले भने ।

यी तीन वटै कम्पनीले गत असार २० गते लाइसेन्स पाएका थिए । त्यस्तो वित्तिय विवरणमा बैंकमा राखिएको निक्षेपको ब्याज र कर्मचारी खर्च लगायत समेटिएको पनि उनले बताए । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले त ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक १३ गतेका लागि साधारण सभा नै बोलाईसकेको छ ।

बीमा समितिको नियमन विभागका प्रमुख समेत रहेका उप निर्देशक साम्भराज घिमिरेले भने उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्काशन गर्न पाउने बताए ।

धितोपत्र बोर्ड भन्छः मिल्दैन
नेपाल धितोपत्र बोर्डले भने सञ्चालनमा आएको एक बर्ष नपुगी बीमा कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने बताएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले भने-सञ्चालनमा आएको एक बर्ष नपुगेको बीमा कम्पनीले आइपीओ निष्काशन गर्न पाउँदैनन्, नयाँ आएका इन्स्योरेन्स कम्पनीका हकमा पनि यहि लागु हुन्छ ।

Share News