मंगलबारको सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक सामान्य अंकले वृद्धि

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब पौने घण्टामा परिसूचक घटेर १४९४ अंकमा झरेको थियो भने त्यसपछिको करिब साढे एक घण्टामा परिसूचक फेरि बढेर १५०७ अंकमा पुगेको थियो । अन्तत: कारोबार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ७४ अंकले बढेर १५०२ अंकमा पुगेको छ । सामान्य अंकले बढेको [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजारमा कारोबार शुरु भएको करिब पौने घण्टामा परिसूचक घटेर १४९४ अंकमा झरेको थियो भने त्यसपछिको करिब साढे एक घण्टामा परिसूचक फेरि बढेर १५०७ अंकमा पुगेको थियो । अन्तत: कारोबार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ७४ अंकले बढेर १५०२ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा ३० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको एक करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक, स्ट्याण्डार्ड चार्टर्ड बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

मंगलबार अन्य, फाइनान्स र विकास बैंक समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा बढी ११ अंकले घटेको छ । त्यस्तै, सो दिन कारोबार भएका बाकी सबै समूहको परिसूचक राताम्मे भएका छन् ।

जानकी फाइनान्सको सेयर मूल्य ३.७७ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्य ३.७० प्रतिशतले घटेको छ ।

Share News