काठमाडौं । नेपालमा विद्युतीय ट्रान्सफरमर उत्पादन गरिरहेको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (नीक) बाट थाइल्याण्डको कम्पनी बाहिरिने भएको छ ।
नीकमा ४८ प्रतिशत स्वामित्व रहेको थाइल्याण्डको इकरात इन्जिनियरिङ पब्लिक कम्पनी लिमिटेडले लगानी फिर्ता लैजान लागेको हो । इकरातले थाइल्याण्डमा ट्रान्फरमर उत्पादन गर्दे आएको छ ।
थाइ कम्पनीको स्वामित्व नेपालीले खरिद गर्न लागेको नीकका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । विकासन्युजसंग कुरा गर्दे उनले भने “नीकमा अब हामीले टेकअभर गर्देछौ ।” उनका अनुसार प्रक्रिया सुरु भएको छ ।
रजत वर्षमा साझेदार थाइल्याण्डको प्रतिनिधित्व थिएन । नीकमा जोशीलगायत नेपालीको ५२ प्रतिशत स्वामित्व छ । निकमा प्रवन्ध निर्देशक जोशीका अतिरित्त अजय मुडभरी लगायत ५ जना सञ्चालक छन् ।
विदेशी लगानी फिर्ता लैजान धेरै प्रक्रिया पुरा गर्नुपर्ने भएकाले थाइल्याण्डको कम्पनीलाई फिर्ता जान केही समय लाग्ने छ । नीकको वेभसाइटमा अध्यक्षमा थाइल्याण्डको इकरात कम्पनीको केट फोङ नोइचावुङ छन् । यस्तै प्रवन्ध निर्देशकमा जोशी, निर्देशकमा अजय मुडभरीका अतिरित्त अशोक श्रेष्ठ छन् ।
जोशीले गत शुक्रबार निकको २५ औ रजत वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली प्राविधिकले विद्युतीय ट्रान्सफरमर बनाउन सक्ने बताएका थिए ।
थाइल्याण्डको पुँजी तथा प्रविधिमा २५ वर्षअघि अर्थात ०४९ सालमा नीकको स्थापना भएको हो । पछिल्लो समयमा उसले आफनो विद्युतीय ट्रान्सफरमर उत्पादन क्षमता विस्तार गरेको छ । निकले वार्षिक १ हजार थान भन्दा बढी ट्रान्फरमर उत्पादन गर्छ ।
कम्पनीले १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्न सक्ने भएको छ । १८ टन क्षमताको सो ट्रान्सफरमर उत्पादनका लागि इकरातले भौतिक पुर्वाधार तयार गरी उत्पादन सुरु गर्न लागेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाइ १० हजार भन्दा बढी थान ट्रान्सफरमर बेचेको छ ।
कम्पनीले हालसम्म ५ हजार बढी ट्रान्सफरमर भुटानमा निकासी समेत गरेको गरेको छ । हाल पनि भुटानमा ट्रान्सफरमर निकासी भइरहेको छ ।
यस्तै नेपालको चौधरी ग्रुपले पनि वाइवाइ चाउचाउ उत्पादन गर्न थाइल्याण्डबाट वाइवाईको प्रविधि र पुँजी भित्राएको थियो । चाउचाउले राम्रो प्रगति गरेपछि चौधरी ग्रुपले कम्पनी टेकअाेभर गर्दै १०० प्रतिशन सेयर लिएकाे थियाे ।