ग्लोबल आइएमईको वार्षिक साधारणसभा कात्तिक २३ गते, कहिले देखि बुक क्लोज ?

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले कात्तिक ८ गतेदेखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ । हाल [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले कात्तिक ८ गतेदेखि कात्तिक २३ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त सभामा कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ नाघ्ने छ ।

Share News