काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।
ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ७८ करोड ३० लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९५ रुपैयाँ रहेको छ ।