निर्माण व्यवसायी महासंघको निर्णय, गौचनको हत्यारालाई कार्वाही नभएसम्म सरकारी ठेक्कामा भाग नलिने

<p>काठमाडौ । व्यवसायी शरदकुमार गौचनको हत्यारालाई पहिचान गरेर कानूनी कार्वाही नगरेसम्म निर्माण व्यवसायीले सरकारी ठेक्कापटट्मा भाग नलिने भएका छन् । &nbsp; अध्यक्ष गौचनको सोमबार दिउसो गोली हानी हत्या भएपछि नेपाल निर्माण व्यवसायी महासंघको कार्यकारी समितिको आकास्मिक बैठकले हत्यारलाई कार्वाही नगरेसम्म सरकारी बोलपत्रमा भाग नलिने निर्णय गरेको हो । महासंघले गौचनको हत्यारा पहिचान गरी कार्वाही गर्न [&hellip;]</p>

काठमाडौ । व्यवसायी शरदकुमार गौचनको हत्यारालाई पहिचान गरेर कानूनी कार्वाही नगरेसम्म निर्माण व्यवसायीले सरकारी ठेक्कापटट्मा भाग नलिने भएका छन् ।

 

अध्यक्ष गौचनको सोमबार दिउसो गोली हानी हत्या भएपछि नेपाल निर्माण व्यवसायी महासंघको कार्यकारी समितिको आकास्मिक बैठकले हत्यारलाई कार्वाही नगरेसम्म सरकारी बोलपत्रमा भाग नलिने निर्णय गरेको हो । महासंघले गौचनको हत्यारा पहिचान गरी कार्वाही गर्न सरकारको ध्यानकर्षण गरेको छ ।

सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी गौचनको हत्या गरेका हुन् ।

उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । लेनदेनको कारण गौचनको हत्या भएको अनुमान गरिएको छ ।

गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए ।

Share News