
काठमाडौं । निर्माण व्यवसायी सरदकुमार गौचनको हत्या भएपछि नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ ।
बौद्धबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । गौचन हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दका अनुसार उनीहरुको साथबाट १ थान पेस्तोल र गोली पनि बरामद गरिएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।