जाँदै जाँदै अर्थ सचिवको प्रश्न-निजी क्षेत्र पारिवारवादमा फस्यो, खर्बाै पैसा कहाँ गयो ?

<p>काठमाडौं । अर्थसचिव शान्तराज सुवेदीले नेपालको निजी क्षेत्र पारिवारवादमा फसेको आरोप लगाएका छन् । कात्तिक २ गतेबाट अनिवार्य अवकास पाउन लागेको सचिव सुवेदीले अर्थ मन्त्रालयमै पत्रकारहरुलाई बोलाएर निजी क्षेत्र पारिवारिक संकिर्णतामा फसेकाले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभएको आरोप लगाएका हुन् । ‘निजी क्षेत्र पारिवारिक र संकुचित घेरामा छ, यसलाई संस्थागत, प्रतिष्पर्धी र विश्वव्यापी नबनाउँदासम्म देशको प्रगति [&hellip;]</p>

काठमाडौं । अर्थसचिव शान्तराज सुवेदीले नेपालको निजी क्षेत्र पारिवारवादमा फसेको आरोप लगाएका छन् । कात्तिक २ गतेबाट अनिवार्य अवकास पाउन लागेको सचिव सुवेदीले अर्थ मन्त्रालयमै पत्रकारहरुलाई बोलाएर निजी क्षेत्र पारिवारिक संकिर्णतामा फसेकाले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभएको आरोप लगाएका हुन् ।

‘निजी क्षेत्र पारिवारिक र संकुचित घेरामा छ, यसलाई संस्थागत, प्रतिष्पर्धी र विश्वव्यापी नबनाउँदासम्म देशको प्रगति सम्भव छैन’, सुवेदीले भने । उनले निजी क्षेत्रसँग खर्बाै पैसा रहेका दावी गरिएको तर सो अनुसार कुनै पनि क्षेत्रमा लगानी नभएको पनि आपक्ति जनाए । ‘निजी क्षेत्रसँग खर्बाै पैसा छ भनिन्छ तर त्यत्रो पैसा छ भने कहाँ गयो ?’, सुवेदीले प्रश्न गरे ।

उनले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माण गर्न नसकेको पनि निजी क्षेत्रको कटाक्ष गरे ।‘सिंगै देश बनाउँछौं भन्ने तर काठमाडौं–कुलेखानी–हेटौडासम्मको सुरुङ मार्ग समेत बनाउन नसक्नेले के फुर्ति लगाउनु’, सुवेदीले भने । आफ्नो कार्यकालको अन्तिम कार्यक्रममा सहभागी भएको दावी गरिरहेका सचिव सुवेदीले अब सम्पति सुद्धिकरण जटिल मुद्धा बन्दै गएको पनि बताएका थिए ।

कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुवेदीद्धारा लिखित नेपालको भ्याट प्रणाली सम्बन्धी पुस्तक सार्वजनिक पनि गरिएको थियो । सुवेदीले आफ्नो पीएचडीका लागि गरेको सोधपत्रका आधारमा सो पुस्तक तयार पारेका बताएका थिए । पुस्तकमा नेपालमा भ्याटको सुरुवात, कार्यान्वयनका चुनौती र उपलब्धीका बारेमा चर्चा गरिएको छ ।

Share News