मुम्बई । आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो-नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईबीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् ।

सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए’ । नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो-नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरेका छन् ।
भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकहरुले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।
आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने छ । साथै, ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिन/दिन यो सम्झौता महक्तपूर्ण हुने छ ।