निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या

<p>&nbsp; काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली [&hellip;]</p>

 


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ ।

सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । हत्याको कारण खुल्न सकेको छैन् ।

 

 

Share News