काठमाडौं । सोमबार नेप्से परिसूचक ८ दशमलब १२ अंकले झरेर १५०१ अंकमा अडेको छ । बजार खुलेको करिब २ घन्टामा ओरालो लागेर १४९३ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा भने केही माथि उकालो लागेको छ ।
आइतबारको तुलनामा सोमबारको परिसूचकमा केही सुधार देखिएता पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आइतबार ४१ करोडको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँ घटी हो ।
सोमबार सबैभन्दा बढी नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनी, सिद्धार्थ चार्टर्ड बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोे छ ।
बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । उता सबैभन्दा बढी लक्ष्मी भ्यालू फण्ड १का लगानीकर्ताले भने करिब ४ प्रतिशत कमाएका छन् ।
समूहका आधारमा अन्य समूह बाहेक बाकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४७ अंकले ओरालो लागेको छ । अन्य समूहको परिसूचक भने समान्य ४ अंकले उकालो लागेको छ ।