काठमाडौं । नेपाल धितोपत्र बोर्डले माउण्ट मकालु डेभलपमेन्ट बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई असोज २३ गते सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।
कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआइबिएल क्यापिटल मार्केट रहेको छ ।