नीकको क्षमतामा विस्तार, १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्ने

<p>काठमाडौं । स्वदेशी तथा वैदेशिक लगानीमा २५ वर्षअघि स्थापना भएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि(नीक) ले आफनो विद्युतीय ट्रान्सफरमर उत्पादन क्षमता विस्तार गरेको छ । कम्पनीले १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्न सक्ने भएको छ । १८ टन क्षमताको सो ट्रान्सफरमर उत्पादनका लागि इकरातले भौतिक पुर्वाधार तयार गरी उत्पादन सुरु गर्न लागेको कम्पनीका प्रवन्ध [&hellip;]</p>

काठमाडौं । स्वदेशी तथा वैदेशिक लगानीमा २५ वर्षअघि स्थापना भएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि(नीक) ले आफनो विद्युतीय ट्रान्सफरमर उत्पादन क्षमता विस्तार गरेको छ ।


कम्पनीले १३२ केभी क्षमताको विद्युतीय ट्रान्सफरमर उत्पादन गर्न सक्ने भएको छ । १८ टन क्षमताको सो ट्रान्सफरमर उत्पादनका लागि इकरातले भौतिक पुर्वाधार तयार गरी उत्पादन सुरु गर्न लागेको कम्पनीका प्रवन्ध निर्देशक कुशकुमार जोशीले बताए । नीक स्थापनाको रजत वर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्पनीले न्युनतम १ केभीदेखि १३२ केभी क्षमतासम्मको विद्युतीय ट्रान्सफरमर उत्पादनको अवस्थामा पुर्याएको उनले जानकारी दिए ।

वि.स. २०४९ मा थाइल्याण्डको इकरात इन्जिनियिरङको ४८ प्रतिशत लगानी रहेको कम्पनीले हालसम्म ५ हजार केभीए क्षमताको ट्रान्सफर उत्पादन गर्न सफल भएको जोशीले बताए । ठुला ट्रान्सफरमर उत्पादन गर्न सफल भएको उनको दावी छ । कम्पनीले अर्धस्वचालित प्रविधिबाट ट्रान्सफरमर उत्पादन गरिरहेको छ ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाइ १० हजार भन्दा बढी थान ट्रान्सफरम बेचेको छ । यस्तै कम्पनीले हालसम्म ५ हजार बढी ट्रान्सफरमर भुटानमा निकासी समेत गरेको उनले जानकारी दिए । हाल पनि भुटानमा ट्रान्सफरमर निकासी भइरहेको छ । यस्तै बंगलादेशमा पनि निकासी भएको जोशीले बताए । ट्रान्सफरमर आयात प्रतिस्थापनका साथै निर्यात समेत गरेको उनको भनाई छ ।

थाइल्याण्डको साझेदारले कम्पनीलाई अघि बढाउन धेरै ठुलो सहयोग गरेको जोशीको भनाई छ । अप्ठेरो अवस्था आइपुग्दा पनि विदेशी साझेदारले ठुलो सहयोग गरेको उनले जानकारी दिए । उनले सबैको साथका कारण कर्मचारीलाई ५ महिनाको तलव बराबरको बोनस दिन सक्षम रहेको बताए ।

नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल, ग्रामीण विद्युत सहकारी, उद्योग, होटल, निर्माण उद्योगले नीक ट्रान्सफरमर खरिद गरेका छन् । नीक कच्चपदार्थमा नभई प्रविधि र गुणस्तरमा आधारित रहेको उनको दावी छ ।

रजत वर्षको अवसरमा नीकले इन्जिनियरिङ अध्ययन संस्थानका इलेक्ट्रिक इन्जिनियरिङ समूहको अन्तिम वर्षका विद्यार्थीलाई खोज तथा अनुसन्धान काममा विद्युतीय ट्रान्सफरमर विषयको पाठ्यक्रम समावेश गराई ४ जनालाई शोधमा सहयोग गर्ने भएको छ ।
यस्तै सामुदायिक ग्रामीण विद्युतीकरण संस्थालाई २५ केभीए क्षमताको विद्युतीय ट्रान्सफरमर दिने भएको छ ।

 

Share News