काठमाडौं । सेयर बजार निरन्तर घट्न थालेपछि नियामक धितोपत्र बोर्डले कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएका छ ।
बोर्डले धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुबै हुने भन्दै अनावश्यक प्रचारप्रसार र कसैको वहकाउमा नलागी बजार र कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्न सुझाएको हो । पछिल्लो समयमा सेयर बजार अस्थिर हुने र घट्ने क्रम बढेपछि लगानीकर्तालाई बोर्डले सचेत गराएको हो ।

आइतबार नै बजार झण्डै ३३ अंकले घटेर नेप्से परिसुचक १ हजार ५१० मा झेरको थियो । कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेपछि उकालो लाग्नु पर्ने बजार लगातार ओरालो लागेपछि बोर्डले कम्पनीको लाभांश, व्यवस्थापन परिवर्तन, भावी योजना, अद्यावधिक वार्षिक प्रतिवेदन, क्रेडिट रेटिङको स्तर, नेटवर्थ, खुदनाफा र नोक्सान, जोखिम पक्ष जस्ता वित्तीय संचकाँक र साधारणसभाको निर्णय हेर्न लगानीकर्तालाई आग्रह गरेको छ ।
विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले बजारका लगानीकर्तालाई सन्देश दिदै धितोपत्र बजारमा देशको समग्र आर्थिक र राजनीतिक प्रभाव हुने भन्दै अहिले बजार घट्नुमा पछिल्लो समयमा विकासित राजनीतिक घटनाक्रम रहेको संकेत गरेको छ ।
पछिल्लो समयमा विकासित भएको राजनीतिक घटनाक्रमले बजार ओरालो लागेको निश्कर्ष बोर्डको छ । यसैगरी बोर्डले धितोपत्रमा हुने लगानी जोखिमलाई न्यन गर्न लगानी विविधिकरण गर्न सुझाएको छ ।
धितोपत्र बजारको जानकारीका लागि बोर्ड, नेपाल स्टक एक्सचेन्ज, अर्थ मन्त्रालया, नेपाल राष्ट्र बैंक र बीमा समितिका वेभसाइट निरन्तर हेर्न आग्रह गरिएको छ । बजारमा उतारचढाव आउन सक्ने भएकाले उपयुक्त सूचना लिएर संयमित तथा विवेकशील भई लगानी गर्न बोर्डले जानकारी गराएको छ ।