काठमाडौं । सर्वोच्च अदालतले गोपालबहादुर खड्कालाई नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकबाट वर्खास्त नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले आईतबार अन्तरिम आदेश दिएको हो । निगमको भण्डारण क्षमता बढाउनका लागि जग्गा खरिदमा भ्रष्टचार भएको भन्दै सरकारले खड्कालाई बर्खास्त गरेको थियो ।