काठमाडौं । एक महिनाको अवधिमा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) ४० प्रतिशत घटेको छ ।बैंकिङ प्रणालीमा हाल ४२ अर्ब रुपैयाँ मात्र तरलता रहेको छ । गत भदौ २९ गते ७० अर्ब रुपैयाँ बढी तरलता थियो । झण्डै एक महिनाको अवधिमा २८ अर्ब रुपैयाँ घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ । भदौको तुलनामा तरलता कम भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । “तरलताको अवस्था तलमाथि भइरहन्छ, तर अहिले कम देखिएको छ” उनले भने “बैंकको लगानी बढेर वा आयात बढेरे यस्तो देखिएको छ, हेर्न बाँकी छ ।”
तरलता बढी भएको भन्दै राष्ट्र बैंकले आइतबार बजारबाट ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसअघि २ पटक गरेर केन्द्रीय बैंकले ६ अर्ब रुपैयाँ बजारबाट उठाइसकेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।
नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बजारमा तरलता कम नभएको बताउछन् ।