चिलिमे जलविद्युतले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने

<p>काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण  गर्ने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको ३३७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्नेछ । [&hellip;]</p>

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण  गर्ने भएको छ । साथै, कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सो निर्णय असोज २१ गते बसेको कम्पनीको ३३७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी २१औँ वार्षिक साधारणसभाले पारित गर्नु पर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी तीन अर्ब ४४ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ रहेको छ ।

Share News