काठमाडौं । माहुली सामुदायिक लघुवित्तले सेयरधनीलाई ६० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लभांश गरि सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
साथै, कम्पनीले ५० प्रतिशत बोनस सेयर पछि २ बराबर एकको अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो निर्णय असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
कम्पनीले पूँजी वृद्धिकोे लागि सो मात्राको बोनस र हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ६ करोड रुपैयाँ हुनेछ । त्यस्तै, बोनस पश्चात कायम भएको पूँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको पूँजी ९ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।
सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको बोनस वितरण तथा हकप्रद सेयर निष्काशन गर्न पाउने छन् ।