स्वावलम्बन लघुवित्तले ३१ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ३१ दशमलब ५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ११.५७८ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ३१ दशमलब ५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ११.५७८ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय असोज २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले नगद लभांश तथा बोनस सेयरको कर समेत ४ करोड ८५ लाख ११ हजार रुपैयाँ बराबरको नगद लभांश दिने प्रस्ताव राखेको छ । साथै, कम्पनीले ८ लाख ३७ हजार ९२३ कित्ता बोनस सेयर वितरण गर्ने छ ।

Share News