रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराई बने पहिलो विजेता

<p>काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ [&hellip;]</p>

काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् ।

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त रकम नेपालको सिन्धुपाल्चोक स्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ ।

रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षितगरि ‘दशैं तिहारमाआइएमई गर्नुहोस् घर सजाउनुहोस्’नामक सेवाग्राहीमूखि कार्यक्रमयही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ ।

भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।

Share News