आइफोन ८ प्लसको ब्याट्रीमा देखियो गम्भिर समस्या

<p>बेइजिङ । एप्पल इंकको नयाँ आइफोन ८ प्लस सार्वजनिक भएको महिना दिन नबित्दै ब्याट्री फुलेको समाचार आएको छ । चीनको प्रान्तिय सञ्चारमाध्यम द पेपरले नयाँ आइफोनको ब्याट्री फुलेको जानकारी दिएको छ । यस्तै केस ताइवान र जापानमा भएपछि एप्पलले अनुसन्धान थालेको छ ।  बीहिबार द पेपरको अनलाइनमा लेखिएअनुसार एक लिउ थर गरेका आइफोनका ग्राहकले आफुले [&hellip;]</p>

बेइजिङ । एप्पल इंकको नयाँ आइफोन ८ प्लस सार्वजनिक भएको महिना दिन नबित्दै ब्याट्री फुलेको समाचार आएको छ । चीनको प्रान्तिय सञ्चारमाध्यम द पेपरले नयाँ आइफोनको ब्याट्री फुलेको जानकारी दिएको छ ।

यस्तै केस ताइवान र जापानमा भएपछि एप्पलले अनुसन्धान थालेको छ ।  बीहिबार द पेपरको अनलाइनमा लेखिएअनुसार एक लिउ थर गरेका आइफोनका ग्राहकले आफुले खरिद गरेको नयाँ आइफोन ८ प्लस फुलेको बताएपछि यो केसको खुलासा भएको हो । त्यहाँ कुनैपनि पड्किएको वा दाग लागेको निशान भने थिएन ।

लिउले द पेपरलाई बताए अनुसार उनले अनलाइन मार्केट जेडी डट कमबाट सो आइफान किनेका थिए । उनले सो नयाँ आइफोन चार्ज पनि नगरी फिर्ता गरेका थिए ।

लिउले खिचेको तस्विरमा आईफोन ८ प्लसको पछाडी खुल्ला छ जसमा सिमकार्ड राख्ने ठाँउ लगायत आन्तरिक भाग पनि देखिन्छ ।

एप्पलका प्रवक्ताका अनुसार कम्पनीले वस्तुस्थितीमाथी अनुसन्धान गरिरहेको छ अरु टिप्पणीहरु पनि लिइरहेको छ ।

एप्पलको दसौं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको आइफोन ८ को बजारमा त्यती राम्रो फिडब्याक पाइएको छैन । यो फोन सार्वजिनक भए लगत्तै सेयरमा कम्पनीले थुप्रो नोक्सान बेहोर्नु परेको रोयटर्सले जानकारी दिएको छ ।

एप्पलका पछिल्ला फोनहरुको तुलनामा नयाँ आइफोनको प्री-अर्डर पनि कम रहेकोमा लगानीकर्ताहरु चिन्तित छन् । यद्दपी केही पारखीहरु भने आगामी नोभेम्बरतिर एप्पलको नयाँ प्रिमियम आइफोनको प्रतिक्षा गरिरहेका छन् ।

चीन स्मार्टफोनको विश्वकै ठुलो बजार हो जहाँ एप्पलले आफ्नो व्यापारमा बढाउन खोजिरहेको छ । चीनमा एप्पलले स्थानीय स्मार्टफोन कम्पनिहरु हुवावे टेक्नोलोजी कम्पनी लिमिटेड तथा ओप्पो जस्ता सस्ता र धेरै फिचर भएका फोनसँग प्रतिश्पर्दा गरिरहेको छ ।

Share News