दसैंमा आयल निगमको नाफा ६३ प्रतिशतले खुम्चियो, ग्याँस र डिजेलमा घाटा

<p>काठमाडौं । नेपाल आयल निगमको पाक्षिक नाफा अघिल्लो १५ दिनको तुलनामा ६३ प्रतिशतले घटेको छ । प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमको सेप्टेम्बर १६ को तुलनामा अक्टोबर १ तारिखसम्मको नाफामा गिरावट आएको हो । ईन्धन खरिद बापत भारतलाई तिर्ने मूल्य बढेका कारण नाफा घट्न गएको निगमले जानकारी दिएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमको पाक्षिक नाफा अघिल्लो १५ दिनको तुलनामा ६३ प्रतिशतले घटेको छ । प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमको सेप्टेम्बर १६ को तुलनामा अक्टोबर १ तारिखसम्मको नाफामा गिरावट आएको हो । ईन्धन खरिद बापत भारतलाई तिर्ने मूल्य बढेका कारण नाफा घट्न गएको निगमले जानकारी दिएको छ ।

भारतीय आयल निगम (आईओसी) ले सेप्टेम्बर १६ ( भदौ ३२ ) मा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक नाफा २२ करोड ५९ लाख रुपैयाँ थियो । निगमले अक्टोबर १ (असोज १५) प्राप्त गरेको मूल्य सूची अनुसार ८ करोड २९ लाख रुपैयाँ मात्र कमाएको छ ।

सरकारले गत २०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई ईन्धनमा स्वचालित मूल्य लागू गरेपछि अन्तराष्ट्रिय बजारका आधारमा ईन्धनको मूल्य समायोजन गर्नुपर्छ । दसैंमा अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेपनि निगमले मूल्य समायोजन गरेको छैन ।

अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि दसैंमा ईन्धनको मूल्य नबढाइएकाले त्यसको असर नाफामा परेको निगमका कार्यकारी निर्देशक प्रेम प्रसाद आचार्यले जानकारी दिए ।

‘आइओसीबाट मूल्य बढेर आयो,’ उनले भने, ‘तर चाडपर्वको बेलामा उपभोक्तालाई राहत दिन हामीले बिक्री गर्ने ईन्धनको मूल्य समायोजन नहुँदा नाफा घटेको हो ।’

यसपाली निगमलाई डिजेलमा १.३८ रुपैयाँ प्रति लिटर घाटा लागेको छ । एलपिजी ग्याँसमा घाटा बढेर ८२.३३ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ । गत सेप्टेम्बर १६ मा एलपिजी ग्याँसमा घाटा प्रति  सिलिण्डर ३.७५ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।

Share News