रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको संचित नाफाबाट ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय असोज २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । संचालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक [&hellip;]</p>

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको संचित नाफाबाट ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय असोज २० गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । संचालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

सभाबाट पारित भएपछि कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम तीन करोड ४६ लाख ६ हजार रुपैयाँ बोनस वितरण गर्ने छ । साथै, चुक्ता पूँजीको १५ प्रतिशतले हुने रकम १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभांश (बोनस र नगद लभांशको कर सहित) वितरण गर्ने कम्पनीले जनाएको छ ।

Share News