सिन्धु विकास बैंकको हकप्रद सेयर बिक्रीको म्याद १४ दिन थप

<p>काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुलाको म्याद १४ दिन थप भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद बिक्री खुला गर्ने निर्णय गरेको थियो । सो अवधिमा दशैंको लामो बिदा पर्न गएको हुँदा कम्पनीले हकप्रद सेयरको खरिदको म्याद आगामी कात्तिक ५ गतेसम्म थप्ने [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकको हकप्रद सेयर निश्कासन तथा बिक्री खुलाको म्याद १४ दिन थप भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद बिक्री खुला गर्ने निर्णय गरेको थियो । सो अवधिमा दशैंको लामो बिदा पर्न गएको हुँदा कम्पनीले हकप्रद सेयरको खरिदको म्याद आगामी कात्तिक ५ गतेसम्म थप्ने निर्णय गरेको छ ।

बैंकले चुक्तापुँजी बढाउन ८० प्रतिशत अर्थात २० करोड ९७ लाख रुपैयाँ बराबर २० लाख ९७ हजार ५४० कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ ।

इच्छुक सेयरधनीले कात्तिक ५ गते(बैंकिङ समयसम्म) एनआईबिएल क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर खरिद गर्न सक्नेछन् ।

Share News