सिनर्जी फाइनान्सको वार्षिक साधारणसभा कात्तिक १७ गते, के के छन् विशेष प्रस्ताव?

<p>काठमाडौं । सिनर्जी फाइनान्सको १९औं वार्षिक साधारणसभा कात्तिक १७ गते हुने भएको छ । सभामा कम्पनीले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउने प्रयोजनको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड [&hellip;]</p>

काठमाडौं । सिनर्जी फाइनान्सको १९औं वार्षिक साधारणसभा कात्तिक १७ गते हुने भएको छ । सभामा कम्पनीले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउने प्रयोजनको लागि सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

उक्त निणर्य असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि गर्ने निर्देशन बमोजिम सो निर्णय गरेको हो ।

वार्षिक साधारणसभा प्रयोजनको लागि असोज २७ गतेदेखि कात्तिक १७ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । त्यस्तै, नेप्सेमा असोज २६ गतेसम्म कारोबार भएका सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

Share News