
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोखरेललाई प्यूठान छाड्न निर्देशन दिएको छ ।
चुनावमा उठ्न कार्यकर्तासँग भेटघाट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सीईओ पोखरेलसंग २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
कांग्रेस जिल्ला कमिटीले उनको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ । चुनावका लागि नाम शिफारिश भएपछि पोखरेल प्राधिकरणको सीईओबाट राजिनामा दिने तयारीमा रहेका छन् ।
पोखरेलले असोज १० गतेदेखि प्युठानमा नेपाली काँग्रेसका कार्यकर्तालाई भेटघाट गरी निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै जिल्ला छाड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।