१ करोड ६२ लाख कित्ता एफपीओ बजारमा आउँदै, हेर्नुस कसको कति ?

<p>काठमाडौं । नेपालको पुँजी बजारमा ३ कम्पनीले थप निष्कासन (एफपीओ) ल्याउने भएका छन् ।  एनएमबी बैंक, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रिमियम मूल्यमा १ करोड ६१ लाख ५५ हजार ७२८ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एफपीओको मूल्य भने तय भएको छैन् । बोर्डले ३ [&hellip;]</p>

काठमाडौं । नेपालको पुँजी बजारमा ३ कम्पनीले थप निष्कासन (एफपीओ) ल्याउने भएका छन् ।  एनएमबी बैंक, बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रिमियम मूल्यमा १ करोड ६१ लाख ५५ हजार ७२८ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

एफपीओको मूल्य भने तय भएको छैन् । बोर्डले ३ वटै कम्पनीको प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ । एनएमबी बैंकले १ करोड १४ लाख १५ हजार १६३, बीपीसीले ४० लाख ८१ हजार र प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ निष्कासन गर्न लागेका हुन् ।

एनएमबी बैंकले चुक्तापुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । बैंकको हाल ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी छ । एफपीओ निष्कासन र बोनस सेयरबाट उसले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउदै छ ।

यस्तै बीपीसीले ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना बनाउनका लागि लगानी जुटाउन एफपीओ निष्कासन गर्न लागेको हो ।

बीपीसीले कात्तिकसम्म एफपीओ ल्याउने जानकारी दिएको छ । बीपीसीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मुल्य प्रस्ताव गरेको छ । उसले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । यो दरमा एफपीओ निश्कासन अनुमति पाए कुल २ अर्ब ११ करोड ३९ लाख ५८ हजार रुपैयाँ संकलन हुने छ ।

यस्तै, प्रिमियरले पनि चुक्तापुँजी बढाउन एफपीओ निष्कासन गर्न लागेको हो । हाल उसको चुक्तापुँजी ४४ करोड ८५लाख रुपैयाँ छ । आउदो असारसम्म प्रिमिरले चुक्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउदै छ ।

धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि कम्पनीहरुले निष्कासन गर्न लागेको हुन् ।

चालु आर्थिक वर्ष सुरु भएपछि नेपाल ग्रामीण विकास बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गरिसकेको छ ।

गत वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता १ हजार ४२४, नेपाल एसबीआई बैंकले ९७१, स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले १ हजार २९० र पोखरा फाइनान्स लिमिटेडले प्रतिकित्ता २२० रुपैयाँमा एफपीओ निष्कासनको अनुमति पाएका थिए ।

 

 

Share News