काठमाडौं । नेपालमा रहेका बिभिन्न ११ वटा खानीहरुको उत्खनन तथा अन्वेषणका लागि २९ वटा कम्पनीहरुको आवेदन परेको छ । खानी तथा भुगर्भ विभागका अनुसार १५ वटा खानीको अन्वेषण तथा उत्खननका लागि आव्हान गरिएको ग्लोबल टेण्डरमा २ विदेशी सहित २९ वटा कम्प्नीले ११ वटा खानीका लागि प्रस्ताव पेश गरेका हुन् । तिहार अगावै ती कम्पनीहरुबाट सर्ट लिस्टिङ गरिसक्ने खानी तथा भुगर्भ विभागका उप महानिर्देशक राम प्रसाद घिमिरेले बताए ।
घिमिरेका अनुसार चुन, फलाम र तामाका खानीहरुको अन्वेषण तथा उत्खनन गर्न लागिएको हो । तीमध्ये सुर्खेतको लखरपाटाको चुनढुंगा र काभ्रे र स्याङजाको चुन खानीको उत्खननका लागि आव्हान गरिएको छ । अन्य फलाम तथा तामा खानीहरुको भने अन्वेषण गर्न लागिएको हो । विभागले गत चैत १ गते ग्लोबल टेण्डर आव्हान गरेको थियो ।
मकवानपुर र धादिङको लिड तथा जस्ता, तनहुँको फलाम, मकवानपुरकै तामा, धादिङकै तामा, उदयपुरको तामा, बैतडीको चुन, पाल्पाको चुन खानीको अन्वेषणका लागि आव्हान गरेको हो ।