स्टकहोम, स्वीडेन । रसायनशास्त्र विधातर्फको नोबेल पुरस्कार तीन जना बैज्ञानिकलाई दिइने भएको छ । स्वीट्जरल्याण्डका ज्याक्येस डुबोसेट, अमेरिकाका र वेलायतका जोएसिम फ्र्यांक र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा ‘नोबेल केमिस्ट्रि प्राइज’बाट पुरस्कृत गरिएको हो ।

तीन बैज्ञानिकले रसायनशास्त्र विधामा निरन्तर अनुसन्धान र नवीन आविस्कार गरे वापत नोवेल पुरस्कार पाएका हुन् । पुरस्कार राशी करिब ११ लाख अमेरिकी डलर छ ।
शरीरका अति सुक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिविधि अवलोकन गर्ने अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ ।
यस्तै २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको हो ।