एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एकैदिन नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर, बरुण हाइड्रोपावर कम्पनी र नेपाल इन्भेन्टमेन्ट बैंकको बोनस सेयर पछिको र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरकोे १५ प्रतिशत बोनस [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एकैदिन नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयर, बरुण हाइड्रोपावर कम्पनी र नेपाल इन्भेन्टमेन्ट बैंकको बोनस सेयर पछिको र नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरकोे १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५८० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेप्सेले बरुण हाइड्रोपावर कम्पनीको पनि ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १५४ रुपैयाँ रहने भएको छ ।

त्यसैगरी, नेप्सेले नेपाल इन्भेन्टमेन्ट बैंकको पनि १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ७५८ रुपैयाँ रहने भएको छ ।

त्यस्तै, नेपाल कम्यूनिटीको १२० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२८ रुपैयाँ रहने भएको छ ।

Share News