राता मान्छे एक हुने सम्झौतामा नेप्सेले देखायो लाल झण्डा

<p>काठमाडौं ।  मुलुकका बामपन्थी दलहरु(राता मान्छे)हरुले एक हुने घोषणा गरेसँगै नेप्सेले लाल झण्डा देखाएको छ । आगामी निर्वाचनमा बाम सहकार्य र त्यसपछि एकिकृत बामपन्थी पार्टी निर्माण गर्ने घोषणा गरिएको भोली पल्टै नेप्सेले लाल झण्डा देखाएको हो । बुधबारको नेप्से दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार करिब ७ अंकले उकालो लागेको परिसूचक बुधबार १३ दशमलब [&hellip;]</p>

काठमाडौं ।  मुलुकका बामपन्थी दलहरु(राता मान्छे)हरुले एक हुने घोषणा गरेसँगै नेप्सेले लाल झण्डा देखाएको छ । आगामी निर्वाचनमा बाम सहकार्य र त्यसपछि एकिकृत बामपन्थी पार्टी निर्माण गर्ने घोषणा गरिएको भोली पल्टै नेप्सेले लाल झण्डा देखाएको हो ।

बुधबारको नेप्से दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार करिब ७ अंकले उकालो लागेको परिसूचक बुधबार १३ दशमलब ७० अंकले ओरालो लागेर १५४२ दशमलब ६५ अंकमा झरेको छ ।

मंगलबारको तुलनामा नेप्से परिसूचकमा गिरावट आएतापनि सेयर कारोबार भने केही सुधार भएको छ । बुधबार २७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अधिल्लो दिनको तुलनामा १५ करोड रुपैयाँ बढी हो । मंगलबार सेयर बजारमा जम्मा १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । एक करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९० रुपैयाँ रहेको छ ।

बजारमा बीमा समूहको परिसूचक ३५ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यसैगरि, उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ९ र ६ अंकले वृद्धि भएका छन् ।

Share News