डलर मजवुत भएर १०५ रुपैयाँ नाघ्यो, नेपालमा महंगी बढ्ने

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठासँग जोडिएको विमुद्रीकरण नीतिको भारतीय अर्थतन्त्रमा नकरात्मक प्रभाव देखिन थालेको छ । मोदीले नयाँ युगको आरम्भ भन्दै गत कात्तिक २९ गते मध्यरातमा अघि सारेको विमुद्रिकरण नीतिका कारण भारतीय अर्थतन्त्र खुम्चिन थालेपछि अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपालमा पनि देखिन थालेको हो । भारु कमजोर हुदै [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठासँग जोडिएको विमुद्रीकरण नीतिको भारतीय अर्थतन्त्रमा नकरात्मक प्रभाव देखिन थालेको छ ।

मोदीले नयाँ युगको आरम्भ भन्दै गत कात्तिक २९ गते मध्यरातमा अघि सारेको विमुद्रिकरण नीतिका कारण भारतीय अर्थतन्त्र खुम्चिन थालेपछि अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपालमा पनि देखिन थालेको हो ।

भारु कमजोर हुदै गएपछि यसको असर नेपाली मुद्रामा परेको हो । नेपाल राष्ट्र बैंकले बुधबार १ डलर बराबर १०५.१० रुपैयाँ बिक्री मुल्य निर्धारण गरेको छ । दशैअघि १ डलर बराबर १०४ रुपैयाँ ४७ पैसा पुगेको थियो ।

भदौमा बिक्रीदर १ डलर बराबर १०२ रुपैयाँ ७४ पैसा थियो । झण्डै २ महिनाको अन्तरालमा नेपाली रुपैयाँ डलरसंग २ रुपैयाँ ३६ पैसा कमजोर भएको छ । डलर मजवुत भएपछि आयाति वस्तुको भाउ बढेर उपभोक्ता मूल्यवृद्धि गराउने छ ।

यस्तै भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बुधबारका लागि १ डलर बराबर ६५.५५ भारु बिक्री मूल्य तोेकेको छ । दशैंअघि आरबीआईले १ डलर बराबर ६४.८३ भारु बिक्री मूल्य तोेकेको थियो ।

विमुद्रीकरण नीतिको नकरात्मक प्रभावले भारु कमजोर हुदा यसको असर नेपाली बजारमा परेको अर्थशास्त्री डा. शंकर शर्मा बताउछन् । आर्थिक वृद्धि सुस्त, निकासी व्यापारमा गिरावट र ब्याज दर बढेकाले भारतीय अर्थतन्त्र कमजोर हुदा डलर मजवुत भएको शर्माको तर्क छ । यस्तै पछिल्लो माहिना निर्यात घटेको उनले जानकारी दिए ।

नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कमजोर हुन साथ यसको प्रभाव नेपाली रुपैयाँमा पर्ने गर्छ ।
डलर मजवुत हुदै गएपछि गत मंसिरमा १ डलर बराबर ७० भारुसम्म पुगेको थियो । गत मंसिरमा डलर मजवुत भएपछि ११० रुपैयाँ २६ पैसासम्म पुगेको थियो ।

०७४ असार मसान्तको तुलनामा २०७४ साउन मसान्तमा नेपाली रूपैयाँ डलरसँग ०.६ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर करिब स्थिर थियो । ०७४ साउन मसान्तमा १ डलर बराबर १०२.२९ रुपैयाँ पुगेको थियो ।

गत आर्थिक वर्षमा १ डलर बराबर औसत १०६.२१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । गत जुनमा पनि १ डलर बराबर १०३.२१ रुपैयाँ थियो । सन् २०११÷०१२ मा डलर औसत ८१ रुपैयाँ थियो । त्यसपछि डलर मजवुत हुदै १११ रुपैयाँसम्म पुगेको थियो ।

डलर मजवुत भएपछि मूल्य बढ्ने छ । आयातित बस्तुको महंगो पर्ने र यसले मूल्यवृद्धिमा चाप पार्छ । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट महंगो हुनुका विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि बढ्छ ।

डलर मजवुत हुदा वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाह बढ्ने छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा बढी हुन्छ । डलर मजवुत हुदा विदेशी पर्यटकलाई फाइदा हुन्छ ।

 

Share News