७२ लाख खर्चेर धौवादीको फलाम जाचिँदै, ८ महिनामा नतिजा

<p>काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासीस्थित धौवादीमा रहेको खानीको फलाम जाँच्न ७२ लाख खर्चने भएको छ । विभागले चालु आर्थिक बर्षको बजेटबाटै धौवादी खानीको फलामको मेटालर्जिकल टेष्टका लागि ८० लाख बजेट पाएको थियो ।  विभागले भारतीय सरकारी कम्पनी नेशनल मेटालर्जिकल लेबोरेटोरिजमा फलामको मेटालर्जिकल टेष्ट गराउने प्रक्रिया अघि बढाएको थियो । २ चरणमा हुने मेटालर्जिकल [&hellip;]</p>

काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासीस्थित धौवादीमा रहेको खानीको फलाम जाँच्न ७२ लाख खर्चने भएको छ । विभागले चालु आर्थिक बर्षको बजेटबाटै धौवादी खानीको फलामको मेटालर्जिकल टेष्टका लागि ८० लाख बजेट पाएको थियो ।  विभागले भारतीय सरकारी कम्पनी नेशनल मेटालर्जिकल लेबोरेटोरिजमा फलामको मेटालर्जिकल टेष्ट गराउने प्रक्रिया अघि बढाएको थियो । २ चरणमा हुने मेटालर्जिकल टेष्टका लागि भारतीय कम्पनीले २० लाख र २५ लाख भारतीय रुपैंयाँ लाग्ने बताएको थियो ।

भारतीय कम्पनीले प्रस्ताव गरेको लागत बमोजिम नै परिक्षणको योजना बनाएको हो । तर भारतीय कम्पनीले सम्झौता(एमओयु) गर्नुपर्ने अडान राखेको छ । नेपालका अन्य खानीहरुको परिक्षण र उत्खननकै जिम्मा मागेपछि विभाग सतर्क भएको छ । ‘भारतले मेटालर्जिकल टेष्ट अघि एमओयु गर्नुपर्ने र अन्य खानीहरु समेत आफैंले टेष्ट र अन्वेषण तथा उत्खनन गर्नुपर्ने अडान राखेको छ ।’, खानी विभागका उप महानिर्देशक राम प्रसाद घिमिरले भने ।

मेटालर्जिकल टेष्टका लागि विभागले सिनियर डिभिजनल इञ्जिनियर कृष्णदेव झा र अर्का एक जना इञ्ज्निियरलाई जिम्मेवारी दिएको छ । झाले सोही भारतीय कम्पनीमा अध्ययन गरेका थिए । ‘मैले भारतको नेशनल मेटालर्जिकल लेबोरेटोरिजबाटै अध्ययन गरेको हुँ, त्यसैले त्यही टेष्ट गराउन सहज हुन्छ’, झाले भने ।
उनले पहिलो चरणको टेष्ट ४ महिनामा सकिने र त्यसको लागत २५ लाख भारतीय रुपैंयाँ हुने पनि बताए । त्यस्तो दोश्रो चरणको टेष्टका लागि पनि ४ महिना नै लाग्ने र त्यसको लागत २० लाख पर्ने उनले जानकारी दिए ।

भारतीय कम्पनीसँग सम्झौता भएको ८ महिनामा धौवादी खानीको फलामको गुणस्तर र उपयोगीताबाट तथ्य जानकारी प्राप्त हुने उनको भनाई छ ।धौवादीमा १० किलोमिटर लम्बाई र ३० देखि ३५ मिटर चौडाईमा फैलिएको फलाम खानी छ । विभागले त्यहाँ १०६ मिटरसम्म ड्रिल गरेर फलामको नमुना संकलन गरिसकेको छ । २ हजार किलो नमुनालाई भारतीय ल्याबमा टेष्ट गराउने योजना विभागले बनाएको हो ।

Share News