एमाले, माओवादी केन्द्र र नयाँशत्तिबीच चुनावी तालमेल गर्ने सहमति, एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष

<p>काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र एउटै कम्युनिष्ट पार्टी गठन गर्नेसहित ३ दलबीच ६ बुँदे सहमति भएको छ । सहमतिमा केन्द्र र प्रदेशको दुबै चुनावमा तालमेल गर्ने र त्यसलगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल [&hellip;]</p>

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र एउटै कम्युनिष्ट पार्टी गठन गर्नेसहित ३ दलबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिमा केन्द्र र प्रदेशको दुबै चुनावमा तालमेल गर्ने र त्यसलगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

३ वटै दलले चुनावलगतै एकिकृत कम्युनिष्ट पार्टी बनाउने उद्घोष समेत गरेका छन् । दलका प्रमुख नेताहरुले सहमतिलाई ऐतिहासिक भनेका छन् ।

सहमति गरेका पार्टीबीच एकआपसमा आरोप प्रत्यारोप नगर्ने सहमति भएको छ । यस्तै अन्य राजनीतिक दललाई पनि समेट्ने तयारी ३ दलको छ ।

 

Share News