राष्ट्र बैंकले डेढ अर्ब लगानी गर्दै, बैंक तथा वित्तीय संस्थासंग माग्यो प्रस्ताव

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको बचत रकम लगानी गर्ने भएको छ । एक वर्षे मुद्धती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ । रकम कात्तिक १ देखि लगानी गरी आउदो ०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । असोज [&hellip;]</p>


काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको बचत रकम लगानी गर्ने भएको छ ।

एक वर्षे मुद्धती निक्षेपमा १ अर्ब ४८ करोड रुपैयाँ लगानी गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ ।

रकम कात्तिक १ देखि लगानी गरी आउदो ०७५ असोज ३० गते फिर्ता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

असोज २२ गतेसम्म प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ ।

वाणिज्य बैंकमा १ अर्ब १८ करोड ४१ लाख, विकास बैंकमा २२ करोड २० लाख र वित्त कम्पनीका ७ करोड ४० लाख रुपैयाँ लगानी गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

Share News