सेयर बजारमा दशैंको लक्की सेभेन प्रभाव, कारोबार भने १४ करोड मात्रै

<p>काठमाडौं । निरन्तर घट्दै गएको सेयर बजार दशैपछि सुधार हुने संकेत देखिएको छ । दशैसकिए लगतै मंगलबार पहिलो दिन सेयर बजार खुल्दा झण्डै ७ अंकले बढेको छ । बजार बढेपछि नेप्से परिसुचक १ हजार ५५६ अंकमा पुगेको छ । मंगलबार बैकिङ, व्यापार, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा सबै क्षेत्रको सेयर मूल्य बढेको छ । [&hellip;]</p>


काठमाडौं । निरन्तर घट्दै गएको सेयर बजार दशैपछि सुधार हुने संकेत देखिएको छ ।

दशैसकिए लगतै मंगलबार पहिलो दिन सेयर बजार खुल्दा झण्डै ७ अंकले बढेको छ । बजार बढेपछि नेप्से परिसुचक १ हजार ५५६ अंकमा पुगेको छ ।

मंगलबार बैकिङ, व्यापार, होटल, विकास बैंक, वित्त, जलविद्युत, बीमा सबै क्षेत्रको सेयर मूल्य बढेको छ ।

बजार सामान्य वृद्धि भएपनि कारोबार कम भएको छ । मंगलबार १४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ७६४ रुपैयाँमा ४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Share News